काठमाडौं । नेपालमा गत २४ घण्टामा २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबा अनुसार ३०८४ जनामा गरिएको परीक्षणमा थप २७० जनामा संक्रमण पुष्टि भएको हो।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६६ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ३९० जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ।