शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ३ सय ४८ जनामा कोरोना संक्रमण, ४ सय ४१ संक्रमणमुक्त

नेपालमा थप ३ सय ४८ जनामा कोरोना संक्रमण, ४ सय ४१ संक्रमणमुक्त

नागरिक पाटी

६, माघ २०७७
  • 5.2K
    SHARES
  • नेपालमा थप ३ सय ४८ जनामा कोरोना संक्रमण, ४ सय ४१ संक्रमणमुक्त

    धादिङ । पछिल्लो २४ घण्टामा सोमबार थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४४१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ ।
    देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ७ सय ६४ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २१ हजार ७ सय १४ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ९० रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ४ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६९ जना रहेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - १९:०१:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology