शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी १ का बाल विकास कक्षाका बालबालिकालाई स्टेसनरी सामाग्री वितरण

गजुरी १ का बाल विकास कक्षाका बालबालिकालाई स्टेसनरी सामाग्री वितरण

नागरिक पाटी

६, माघ २०७७
  • 8.4K
    SHARES
  • गजुरी १ का बाल विकास कक्षाका बालबालिकालाई स्टेसनरी सामाग्री वितरण

    गजुरी धादिङ । बाल विकास कक्षाका बालबालिकालाई उमेर अनुसारको खेलकुद ,स्टेसनरी सामाग्री प्रदान गरिएको छ । मंगलबार गजुरी गाउँपालिका वडा नं १ को आमादामारा बिद्यालयका २८ जना बालबिकास कक्षाका बालबालिकाहरुलाई कापी , कलर ,पेन्सिल,ईलेजर , भाँडाकुटि सेट,रबर बल,प्लास्टिक बल,साईनपेन , म‍डलिङ क्ले,कथाको पुस्तक ,लर्निङ मेसिन ,स्कले लगायत प्रति बालबालिका १ हजार ५ सय बराबरको सामाग्री सहयोग गरिएको हो ।

    images
    images

    140358894_148247603634358_9084907636454351354_n.jpg

    पत्तालीनी आधारभुत विद्यालयका प्रधानाध्यापक हरी बहादुर श्रेष्ठको अध्यक्षता तथा प्लानेट ईन्फान्ट एन्ड डेभलपमेन्टका नेपाल प्रमुख माया भर्बिष्ट, नेपाल प्रतिनिधि बुद्धिकुमार श्रेष्ठ,प्रयास नेपालका कार्यकारी निर्देशनक दामोदर अर्यालको बिशेष उपस्थितिमा बालबालिकाहरुलाई सहयोग कार्यक्रम सम्पन्न भएको हो ।

    139992827_788484058403398_2667401941994624273_n.jpg

    संस्थाको स्थापना कालदेखि नै बालबालिका र शिक्षाको क्षेत्रमा कार्यरत प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा संचालित बाल विकास कार्यक्रम अन्तरगत बाल विकास कक्षाका सामाजिक , आर्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि सामाग्री सहयोग गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो ।

    139225613_196088215534612_3122203274102557191_n.jpg

    बालबालिकाहरुको मस्तिष्कको ९० प्रतिशत विकास यहि बाल विकासको उमेर ५ बर्ष हुने भएकोले बाल विकास समुहका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि गजुरी गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने गरि कार्यक्रम शुरुवात गरिएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनु भयो ।

    तात्कालिन रुपमा कोभिड कारण लामो समय पछि बिद्यालय संचालन हुँदै गर्दा राहतको रुपमा मंगलबार पतलिनी आधाभुत बिद्यालय गजुरी वडा नं १ आरामाराका बाल विकासका बालबालिकालाई सहयोग गरिएको कार्यक्रम संयोजक सहदेव पण्डितले जानकारी दिनु भयो । बाल बिकास सहजकर्ता देवकी श्रेष्ठले अहिले बालबालिकाले प्राप्त गरेको शैक्षिक तथा खेलकुद सामाग्रीले बालबालिकामा सिकाई वातावरण सिर्जना गर्न तथा सहजिकरणमा सहयोग पुग्ने बताउनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - १९:४२:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology