हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपा प्रचण्ड नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गराएको छ। आज शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रचण्ड-नेपाल समूहका प्रदेश सदस्य अरुण नेपालले ४५ जना प्रदेश सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।
अविश्वास प्रस्ताव दर्ता गराउने क्रममा प्रदेश सदस्य नेपालले मुख्यमन्त्री पौडेलले जनभावना अनुसार काम गर्न असफल रहेको जिकिर गरे । उनले मुख्यमन्त्री पौडेललाई पदमुक्त गरि प्रदेश सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरे ।
प्रदेशसभा दर्ता अविश्वास प्रस्तावमाथि माघ १९ गतेको बैठकमा छलफल हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रस्ताव माथि आउँदो माघ १९ गते दिउँसो २ बजे छलहुने जानकारी दिँदै आजको प्रदेशसभा बैठक सम्पन्न भएको जानकारी दिए ।
नागरिकपाटी डटकमको भिडियो सामाग्री हेर्नुहोस्....