शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा अज्ञात समुहद्वारा गाडीमा आगजनी

मकवानपुरमा अज्ञात समुहद्वारा गाडीमा आगजनी

नागरिक पाटी

१०, माघ २०७७
  • 5.1K
    SHARES
  • मकवानपुरमा अज्ञात समुहद्वारा गाडीमा आगजनी

    मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी विप्लप समुहले आज एउटा गाडीमा आगजनी गरेको छ । दुइ स्थानमा संकास्पद वस्तु राखेका छन् । बन्दलाई सफल पार्न र आम नागरिकलाई त्रसित वनाउनका लागि गाडी जलाउने र संकास्पद वस्तु राख्ने गरेका हुन् । मकवानपुरको इन्द्रेसरोबर गाँउपालिका वडा नम्बर ४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनी अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।

    images
    images


    यसैगरी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा संकास्पद वस्तु भेटिएको छ । धरान चतरा सडकखण्ड अन्तर्गत बागमती ४ झुरझुरेमा सडकखण्डको बिचमै संकास्पद वस्तु भेटिएको र सेनाको सहयोगमा नष्ट गर्न लागिएको उहाँले वताउनुभयो । यसैगरी हेटौँडा–५ सिंचाई टोल नजिक झोलामा संकास्पद वस्तु भेटिएको छ। जेब्रा झोलामा बुजिलीको तार सहितको संकास्पद वस्तु फेला परेको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - ०८:४६:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology