शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप २३२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

नेपालमा थप २३२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

नागरिक पाटी

१०, माघ २०७७
  • 4.2K
    SHARES
  • नेपालमा थप २३२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

    काठमाण्डौं । देशभर पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ५४१ जनाको स्वास्थ्य परीक्षण गर्दा ९१ महिला र १४१ पुरुष गरी २३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
    अहिले देशभर ३ हजार ४५२ सक्रिय सङ्क्रमित छन् । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६९ हजार १८० पुगेको छ । पछिल्लो समय थप ३८६ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६३ हजार ७३४ पुगेको छ ।
    त्यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९८४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - १९:०५:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology