शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना भाइरसविरुद्धको खोप अभियान १४ गतेदेखि सुरु हुँदै

कोरोना भाइरसविरुद्धको खोप अभियान १४ गतेदेखि सुरु हुँदै

नागरिक पाटी

१२, माघ २०७७
  • 4.5K
    SHARES
  • कोरोना भाइरसविरुद्धको खोप अभियान १४ गतेदेखि सुरु हुँदै

    धादिङ । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे सुरु गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले अभियान शुभारम्भ गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सातै प्रदेशका ६२ अस्पताल र १ सय २० भन्दा बढी खोप केन्द्रबाट अभियान शुभारम्भ गरिने जानकारी दिए ।
    सो समय प्रदेशमा रहेका अस्पताल तथा काठमाडौंका प्रमुख अस्पताल भर्चुअल विधिबाट प्रत्यक्ष जोडिनेछन् । करिब ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य राखी कार्य तीव्र रूपमा अघि बढाइएको मन्त्री त्रिपाठीले बताए । ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रमार्फत माघ १८ गतेभित्र खोप प्रदान गरिने भएको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १२, २०७७ सोमवार - १९:३६:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology