शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा विभाजन अस्वीकृत गरेको पत्र आयोगद्धारा ओली र प्रचण्ड–नेपाल समूहलाई प्रदान

नेकपा विभाजन अस्वीकृत गरेको पत्र आयोगद्धारा ओली र प्रचण्ड–नेपाल समूहलाई प्रदान

नागरिक पाटी

१३, माघ २०७७
  • 7.3K
    SHARES
  • नेकपा विभाजन अस्वीकृत गरेको पत्र आयोगद्धारा ओली र प्रचण्ड–नेपाल समूहलाई प्रदान

    काठमाण्डौं । निर्वाचन आयोगले नेपाल कम्युुनिष्ट पार्टी नेकपा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहलाई पत्र पठाएको छ । आयोगले दुवै समूहलाई ११ पुष्ठ लामो पत्र पठाएको छ । आयोगले प्रचण्ड र ओली समूहले पार्टी र चुनाव चिह्नबारेको दाबी राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ को उपनियम ९५० बमोजिम त्यस्तो विवरणमा आयोग सन्तुष्ट हुन नसकेको बताएको छ ।

    images
    images


    त्यस्तै नियम २५ को उपनियम ९६० बमोजिम सो दलको साविकको विवरण नै कायम रहेको आयोगले निर्णय गरेको छ । गत आइतबार बसेको आयोगको बैठकले नेकपा विभाजनलाई कानूनी रुपमा अस्वीकृत गर्ने निर्णय गरेको थियो । आयोगले दुवै पक्षले थप गरेका अध्यक्ष, प्रवक्ता र केन्द्रीय सदस्य मान्य नहुने बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १३, २०७७ मंगलवार - १८:५५:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology