शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हिमाल आरोहणमा सरकारले सहयोग गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

हिमाल आरोहणमा सरकारले सहयोग गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

नागरिक पाटी

१३, माघ २०७७
  • 4.5K
    SHARES
  • हिमाल आरोहणमा सरकारले सहयोग गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने आश्वासन दिएका छन् । विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटूको कीर्तिमानी आरोहण गरेर मंगलबार स्वदेश फिर्ता भएका निर्मल पूर्जालगायत १० नेपाली आरोहीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छे अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले माउन्ट केटूको सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको बताए ।

    images
    images


    प्रधानमन्त्री ओलीले आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले साहसिक युवाहरुको साहसिक कदमका आगामी दिनमा राज्य बेखबर नहुने बताए । वर्तमान सँगै पछिल्लो पुस्तालाई संरक्षण गर्नमा राज्यको ध्यान जाने उनको भनाइ थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १३, २०७७ मंगलवार - १९:०२:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology