धादिङ । सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप २ सय ३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । आज शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ६ सय १८ वटा पीसीआर परिक्षण गर्दा १ सय ९ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ४३ जना महिला र ६६ जना पुरुष रहेका छन् ।
यससँगै कूल संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ। साथै पछिल्लो २४ घण्टामा ३५० जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ६६ हजार ४८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २ जना कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०२७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।