शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

नेपालमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

नागरिक पाटी

२२, माघ २०७७
  • 4.4K
    SHARES
  • नेपालमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसका १७१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ६०२ जना पुगेको जनाएको छ ।

    images
    images

    पछिल्लो चौबीस घण्टामा तीन हजार ९०७ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १७१ सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ८५ हजार ५७३ वटा पीसीआर परीक्षण भइसकेको छ । देशका विभिन्न अस्पतालबाट २२७ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६७ हजार २९२ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.४१ मा उक्लेको छ । हाल दुई हजार २७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकाले आइसोलेशनमा बसेर उपचार भैरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - १६:३१:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology