शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालले कोभिड-१९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने

नेपालले कोभिड-१९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने

नागरिक पाटी

२३, माघ २०७७
  • 5.2K
    SHARES
  • नेपालले कोभिड-१९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने

    काठमाण्डौं । नेपालले विश्व स्वास्थ्य संगठनको प्रयासमा कोभिड-१९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने भएको छ । कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिमबाट सुरु गर्ने जनाएको छ । कोभ्याक्सले बुधबार ‘अन्तरिम वितरण पूर्बानुमान’ शीर्षक राखेर जारी गरेको वक्तब्यमा १४० राष्ट्रलाई पहिलो चरण अन्तर्गत ३३ करोड ६० लाख खोप वितरण गर्ने जनाएको छ ।

    images
    images


    कोभ्याक्सका अनुसार उक्त वितरण ब्यवस्था बमोजिम नेपालले उक्त मात्रामा खोप पाउने भएका हुन् । नेपालले पाउने खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको हो । विश्व स्वास्थ्य संगठनको पहलमा यूरोपेली आयोग र फ्रान्सले स्थापना गरेको ‘वान वल्र्ड प्रोटेक्टेड’ कार्यक्रमको अङग कोभ्याक्स हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - ०८:५२:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology