धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार ७ सय ७ पुगेको छ । २४ घण्टा भित्र २ सय ७२ जना डिस्चार्ज भएसँगै दुई लाख ६७ हजार ५ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेहरूको कुल संख्या २ हजार ३५ पुगेको छ । देशभर २ हजार १ सय ८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २० लाख ८८ हजार ३ सय ७१ जनाको पिसिआर परीक्षण भएको छ ।