काठमाण्डौं । विश्वमा पछिल्लो २४ घण्टाभित्र चार लाख १९ हजार पाँच सय ४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण विश्वमा १० हजार नौ सय ६४ जनाको मृत्यु भएको छ । यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६३ लाख २५ हजार नौ सय ४८ पुगेको छ ।
कोरोना संक्रमणका कारण हालसम्म २३ लाख १८ हजार आठ सय ४१ जनाको मृत्यु भइसकेको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी एक लाख तीन हजार नौ सय ५५ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ दुई हजार छ सय ९५ जनाको मृत्यु भएको छ ।
बेलायतमा थप १८ हजार दुई सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण आठ सय २८ जनाको मृत्यु भएको तथ्यांक छ । भारतमा ११ हजार नौ सय ४८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा भारतमा ७२ जना संक्रमितको मृत्यु भएको छ ।