शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोना विरुद्धको खोप लक्ष्यभन्दा आधा कमले लगाए

नेपालमा कोरोना विरुद्धको खोप लक्ष्यभन्दा आधा कमले लगाए

नागरिक पाटी

२५, माघ २०७७
  • 5.9K
    SHARES
  • नेपालमा कोरोना विरुद्धको खोप लक्ष्यभन्दा आधा कमले लगाए

    धादिङ । सरकारले सञ्चालन गरेको पहिलो चरणको खोप अभियानमा लक्ष्यभन्दा आधा कमले खोप लगाएका छन् । शुक्रवारसम्ममा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थियो । तर सो अवधिमा १ लाख ७१ हजारले मात्र खोप लगाएपछि मन्त्रालयले पहिलो चरणको अभियानमा एक दिन थपेको थियो । खोप अभियानको अन्तिम दिन शनिवार साँझसम्ममा करीब २ लाखले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images


    नेपालले दुई साताअघि भारतबाट सहयोग स्वरूप १० लाख डोज खोप प्राप्त गरेको थियो । अक्सफोर्ड र अस्त्राजेनेकाले विकास गरेको तथा भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो । नेपाल भित्रिएको तीन दिनमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर खोप पठाउन शुरू गरेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - ०८:४७:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology