शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भिमफेदी सिमभन्ज्याङ सडक खण्डमा टाटा सुमो दुर्घटना, एक जनाको मृत्यु

भिमफेदी सिमभन्ज्याङ सडक खण्डमा टाटा सुमो दुर्घटना, एक जनाको मृत्यु

नागरिक पाटी

२५, माघ २०७७
  • 7.2K
    SHARES
  • भिमफेदी सिमभन्ज्याङ सडक खण्डमा टाटा सुमो दुर्घटना, एक जनाको मृत्यु

    मकवानपुर । मकवानपुरको भिमफेदी गाँउपालिकाको गोलमोडमा हिउँमा चिप्लिएर टाटा सुमो दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    images
    images


    काठमाठौबाट बिरगंज जादै गरेको ना १ ज ४१३८ नंम्बरकोे टाटा सुमो गोलमोडको मोडबाट झरेको हो । दुर्घटनामा घाइते भएका सप्तरी जिल्ला बनौली गाउँपालिका वडा नम्बर २ का ३३ वर्षिय प्रमाण्डु चौधरीको गएराती साढे ११ मृत्यु भएको हो ।


    दुर्घनामा अन्य ४ यात्रु पनि गम्भिर घाईते छन् । घाईतेहरुलाई चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले वताउनुभयो । सिमभन्ज्याङ्ग प्रहरी, लेकाली बसिफाँटका शिक्षक नर्स र स्थानियले घाईतेहरुलाई उद्धार गरि अस्पताल पठाएका थिए । सुमो बेलुकी ८ बजेतिर दुर्घटना भएको स्थानीयहरूले बताएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - ०८:५४:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology