धादिङ । धादिङमा भुमि समस्या समाधान आयोगको कार्यालय उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति धादिङको कार्यलय रहेको भवनमा भुमि समस्या समाधान आयोगका अध्यक्ष देबी ज्ञवालीले आज बिहिबार एक कार्यक्रमका बीच धादिङको भुमि समस्या समाधान आयोगको कार्यलय उद्घाटन गर्नुभएको हो ।
भुमि समस्या समाधान आयोग धादिङका अध्यक्ष रामहरि अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा निबर्तमान सांसद खेम प्रसाद लोहनी र भुमि त्रिपाठी, धादिङका स्थानीय तहका प्रमुख एवम उप प्रमुख सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।