शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिका अध्यक्ष आचार्यद्धारा मुलखोला–सिमलडाँडा–दामेचौर सिँंचाइ कुलोको शिलान्यास

थाक्रे गाउँपालिका अध्यक्ष आचार्यद्धारा मुलखोला–सिमलडाँडा–दामेचौर सिँंचाइ कुलोको शिलान्यास

शिवराज आचार्य

२, फाल्गुण २०७७
  • 14.6K
    SHARES
  • थाक्रे गाउँपालिका अध्यक्ष आचार्यद्धारा मुलखोला–सिमलडाँडा–दामेचौर सिँंचाइ कुलोको शिलान्यास

    दामेचौर । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ मा आईतबार सिंचाइ कुलो शिलान्यास गरिएको छ । मुलखोला जल उपभोक्ता समितिले निर्माण गर्ने उक्त कुलोको थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले शिलान्यास गर्नु भएको हो ।

    images
    images

    150107711_3721914967898466_8941901835645408338_n.jpg
    थाक्रे गाउँपालिका वडा नम्बर ५ का १ हजार ३ सय उपभोक्ताहरुको जग्गा सिन्चीत गर्न सिंचाइ कुलो निर्माण गरिन लागिएको जनाईएको छ । निर्माण पछि मुलखोला,सिमलडाँडा, दामेचौर लगायतका नागरिकले उपभोग गर्न पाउने कुलो उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर नेगी लामाले बताउनुभएको छ । उहाँले डिभिजन सिंचाइ कार्यालयको ४० लाख लागतमा सिंचाइ कुलो निर्माण हुने बताउनुभयो ।

    अध्यक्ष नेगीका अनुसार डिभिजन सिंचाइ कार्यालयको रु २ करोड ४६ लाख लागतमा डिपिआर सम्पन्न भएको र त्यसैको आधारमा अहिले बजेट विनियोजन भएर काम सुरु भएको हो । २ हजार ७ सय मिटर लामो सिंचाइ कुलो आरसिसि ढलानको हुने र तिन महिनामा निमार्ण सम्पन्न हुने उपभोक्ता समितिले बताएको छ ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष राम कुमार आचार्य, उपाध्यक्ष अम्बिका रुपाखेती, वडा नम्बर ५ का वडा अध्यक्ष भूमि बहादुर तामाङ, समाजसेवी शंकर तामाङ, वडा सदस्य, वडा सचिव लगायतको सहभागीता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २, २०७७ आइतवार - २१:०२:५३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology