शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न रोक

अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न रोक

नागरिक पाटी

६, फाल्गुण २०७७
  • 7.9K
    SHARES
  • अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न रोक

    काठमाडौं । फेसकुबले अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सामग्री सेयर गर्न रोक लगाएको छ। त्यहाँका फेसबुक प्रयोगकर्ताले फेसबुकमा समाचार सामग्री पढ्न पनि पाउने छैनन्। आज (बिहीबार) बिहानैदेखि अस्ट्रेलियाका फेसबुक प्रयोगकर्ताले स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचार सामग्रीमा पहुँच पाएका छैनन्।

    images
    images

    फेसबुकमा अस्ट्रेलियाको ठेगाना राखेका तर देशबाहिर रहेका प्रयोगकर्ताले पनि फेसबुकमा समाचार सामग्री हेर्न पाएका छन्। यहाँसम्म कि सरकारको स्वास्थ्य तथा आपतकालीन फेसबुक पेज पनि बन्द भएको थियो। उक्त पेजलाई भने फेसबुकले पछि खोलिदिएको छ।

    अस्ट्रेलिया सरकारले फेसबुकको यो प्रतिबन्धलाई उसको विश्वसनीयताका लागि खतरा भएको टिप्पणी गरेको छ। समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नुपर्ने अस्ट्रेलियाको प्रस्तावित कानुनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको हो।

    अस्ट्रेलियाको कानुनअनुसार फेसबुक, गुगलजस्ता प्रविधिसँग जोडिएका कम्पनीले समाचार देखाउन सरकारलाई कर तिर्नुपर्ने हुन्छ। – बीबीसी

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ६, २०७७ बिहिवार - १२:१०:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology