शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका सिडियो र सहायक सिडियोको सरुवा

धादिङका सिडियो र सहायक सिडियोको सरुवा

आशिष ठकुरी

१४, फाल्गुण २०७७
  • 18.8K
    SHARES
  • धादिङका सिडियो र सहायक सिडियोको सरुवा

    धादिङ । धादिङका प्रमुख जिल्ला अधिकारी (सिडियो) र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडियो) को सरुवा भएको छ । मन्त्रिपरिषद बैठकको निर्णयले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको कर्णाली प्रदेश स्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय सरूवा भएको हो ।

    images
    images

    यस्तै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक प्रजिअ (सहसचिव र उपसचिव) को सरुवा र पदस्थापन गरेको छ । शुक्रवार गृह मन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट ५२ जना सीडीओहरूको सरुवा र पदस्थापन गर्ने निर्णय गर्नुभएको हो । यस अन्तर्गत धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल जिल्ला प्रशासन कार्यालय अछाममा सिडियोको रुपमा सरुवा हुनुभएको छ ।

    निर्णय अनुसार धादिङको सिडियोमा भने कास्कीका सिडियो ज्ञान प्रसाद ढकाल र जिल्ला प्रशासन कार्यालय अछामबाट सिडियो गोकर्ण प्रसाद उपाध्याय सहायक सिडियोको रुपमा धादिङ आउँदै हुनुहुन्छ । ५२ जना सीडीओहरूको सरुवा र पदस्थापनको पुर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्...

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - १९:२४:३३ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology