शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको महादेवबेशीमा सोनाम ल्होसार कार्यक्रम हुँदै

धादिङको महादेवबेशीमा सोनाम ल्होसार कार्यक्रम हुँदै

नागरिक पाटी

१८, फाल्गुण २०७७
  • 20.3K
    SHARES
  • धादिङको महादेवबेशीमा सोनाम ल्होसार कार्यक्रम हुँदै

    धार्के । धादिङको थाक्रे गाउँपालिका ६ महादेवबेशीमा बृहत् सोनाम ल्होसार कार्यक्रम हुने भएको छ । नेपाल तामाङ घेदुङ थाक्रेको आयोजनामा २८५७औँ लाङ्ल्होको पावन अबसरमा बृहत् सोनाम ल्होसार कार्यक्रम हुन लागेको हो ।
    कार्यक्रमका मुख्य आकर्षणका रुपमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागीता रहने रहने छ । कार्यक्रममा चर्चित गायक तथा संगितकार प्रकाश तामाङ,गायिका शशीकला मोक्तान, गायक तथा संगितकार उत्सव सुब्बा लामा, पप गायक सविन लामा, गायिका रजनी लामा,गायिका मुना लामाको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
    कार्यक्रममा हाँस्यकला तर्फ सञ्चारकर्मी तथा हाँस्यकलाकार एम.जि. तामाङको बेजोड प्रस्तुती रहनेछ । कार्यक्रम यहि फागुण २२ गते शनिबारका दिन जनजागृति माध्यमिक बिद्यालयको प्राङ्गडमा बिहान १० बजेबाट सुरु हुने नेपाल तामाङ घेदुङ थाक्रेका अध्यक्ष कर्म लामाले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन अन्जु तामाङले गर्ने कार्यक्रम रहेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १८, २०७७ मंगलवार - १९:५७:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology