धादिङ । धुनिवेशीका विभिन्न स्वास्थ्य चौकीमा कोरोना विरुद्धको खोप लगाईँदै छ । कोभिड १९ विरुद्धको कोभिसिल्ड खोप यहि फागुन २६ गते देखी २९ गते सम्म नौविसे स्वास्थ्य चौकी, जिवनपुर स्वास्थ्य चौकी र छत्रेदेउराली स्वास्थ्य चौकीमा लगाइन लागिएको हो ।
नगरपालिकाका जनस्वास्थ्य अधिकृत धु्रव कुमार अधिकारीका अनुसार विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, ५५ वर्ष उमेर समुह भन्दा माथीका व्यक्तिहरु, सार्वजनिक यातायातका चालक तथा सहचालकहरु, अघिल्लो चरणमा छुट भएका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वँय सेविका, कर्मचारी, बैँक तथा वित्तिय सँस्थाका कर्मचारीहरुले खोप लगाउन सक्नेछन् ।
थप जानकारीका लागि तलको सुचना हर्नुहोस्..

यो पनि हेर्नुहोस्..
पालिका परिचय : धुनिबेशी नगरपालिका, धादिङ
पालिका परिचय : गल्छी गाउँपालिका, धादिङ