मकवानपुर । पूर्वी मकवानपुरको बकैयामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मदन भण्डारी लोक मार्गको बकैया गाउँपालिका वडा नंबर ५ को तीनतलेमा ना ६ त ४५३५ नंबरको ट्याक्टर दुर्घटना हुँदा हेटौंडा १७ का १३ वर्षीय दिलसन माझीको मृत्यु भएको जिल्ला प्रहरी मार्यालय मकवानपुरले बताएको छ ।
हेटौंडाबाट सिमेन्ट बोकेर बकैया जाँदै गरेको उक्त ट्याक्टर दुर्घटनामा ट्याक्टर चालक हेटौंडा १८ का सुनिल माझि र बकैया ७ का ५८ वर्षीय योगेन्द्र माझि घाईते भएको प्रहरीले जनाएको छ । उनिहरुको हेटौंडामा उपचार भईरहेको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपरले जनाएको छ ।