शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशी नगरपालिकाको प्रशासनिक भवन निर्माणकार्य द्रुतगतिमा

धुनिबेशी नगरपालिकाको प्रशासनिक भवन निर्माणकार्य द्रुतगतिमा

शिवराज आचार्य

१९, फाल्गुण २०७७
  • 9.4K
    SHARES
  • धुनिबेशी नगरपालिकाको प्रशासनिक भवन निर्माणकार्य द्रुतगतिमा

    धादिङ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर-९ को जुगेडीमा निर्माणाधिन नगरपालिकाको प्रशासनिक भवनको पहिलो तल्लाको ढलान सम्पन्न भएको छ । इन्जिजियर नविन्द्र केसीका अनुसार साढे चार तले भवन ४० हजार एक सय ३० स्क्वायर फिट क्षेत्रफल तथा ३९ वटा कोठा भएको भवन निमार्ण भइरहेको छ ।

    images
    images

    २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ भवन निर्माण दु्रत गतिमा अगाडी बढेको नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताउनुभएको छ । करिव ३० करोड लागत रहेको भवनको अहिले १५ करोडमा ठेक्का खोल्दा ९ करोड ५२ लाख ३५ हजार ५ सय ५९ रुपैयाँमा रबीन अबिशा बीकन जे भि ले ठेक्का पारेर ६ महिना अगाडी बाट भवनको काम गर्दै आएको छ ।

    भवनमा सभा हल, बैठक कक्ष, प्रमुख, उपप्रमुखको कार्यकक्ष, सचिवालय, प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष सहित विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको कार्यकक्ष हुने छ । भवनको चारै तिर कम्पाउण्ड, आसपासमा हरियाली सहितको ग्राउण्ड र अन्डर ग्राउन्ड पार्किङ समेत रहने इन्जिनियर केसीले बताउनुभएको छ ।

    हेर्नुहोस् केहि फोटोहरु....

    155312575_2896454410636439_7646519320228407223_n.jpg

    155099360_2896454173969796_1174346725958259481_n (1).jpg

    155147447_2896454497303097_1711551751716631575_n.jpg

    154401057_2896454327303114_1248658130870601559_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - १८:३९:०१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology