शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको महादेवबेशीमा सोनाम ल्होछार कार्यक्रम सम्पन्न

धादिङको महादेवबेशीमा सोनाम ल्होछार कार्यक्रम सम्पन्न

शिवराज आचार्य

२२, फाल्गुण २०७७
  • 13.1K
    SHARES
  • धादिङको महादेवबेशीमा सोनाम ल्होछार कार्यक्रम सम्पन्न

    धार्के । धादिङको थाक्रे गाउँपालिका ६ महादेवबेशीमा बृहत् सोनाम ल्होछार कार्यक्रम सम्पन्न छ । नेपाल तामाङ घेदुङ थाक्रेको आयोजनामा २८५७औँ लाङ्ल्होको पावन अबसरमा बृहत् सोनाम ल्होसार कार्यक्रम भएको नेपाल तामाङ घेदुङ थाक्रेका अध्यक्ष कर्म लामाले बताएका छन्।
    कार्यक्रमका मुख्य आकर्षणका रुपमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रधान गरेका थिए ।

    images
    images

    IMG_0782.JPG
    कार्यक्रममा चर्चित गायक तथा संगितकार प्रकाश तामाङ,गायिका शशीकला मोक्तान, गायक तथा संगितकार उत्सव सुब्बा लामा, पप गायक सविन लामा, गायिका रजनी लामा,गायिका मुना लामाहरुले बेजोड प्रस्तुती राख्नु भएको थियो ।

    IMG_0771.JPG
    त्यसै गरी कार्यक्रममा सञ्चारकर्मी तथा हाँस्यकलाकार एम.जि. तामाङ र अन्जु तामाङले कार्यक्रम सञ्चालन गरेका थिए । थाक्रे गाउँपालिका वडा नम्बर ६ को जनजागृति माध्यमिक बिद्यालयको प्राङ्गडमा भएको हो ।

    IMG_0784.JPG
    नेपाल तामाङ घेदुङ थाक्रेका अध्यक्ष कर्म लामाको अध्यक्षता रहेको कार्यक्रममा आदिवासी जनजाती उथान प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ति मगरको प्रमुख आतित्यता, थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, नेपाल तामाङ घेदुङका संघिय बरिष्ठ उपाध्यक्ष वेली लामा, आदिवासी जनजाती महासंघ नेपालका उपाध्यक्ष विजय लोपचन, थाक्रे गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेती, नेपाल तामाङ घेदुङ बागमती प्रदेशका निवर्तमान सचिव अरुण लामा, नेपाल तामाङ घेदुङ बागमती प्रदेशका सदस्य राजिव लामा, नेकपा थाक्रेका अध्यक्ष कृष्ण पन्त, आदिवासी जनजाती महासघं थाक्रेका अध्यक्ष शंकर तामाङ, नेकपा थाक्रेका सचिव यन्त्र बहादुर थापा, नेकपा नेता दिपक लामिछाने,सामाजसेवी तथा नेकपा नेता गोकर्ण रुपाखेती लगायतको उपस्थिति रहेको कार्यक्रमको रेडियो राजमार्ग ९२.१ मेगाहर्ज र नागरिक पाटी डट कम मिडिया पार्टनर रहेको थियो ।

    IMG_0782.JPG

    IMG_0759.JPG

    IMG_0791.JPG

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - १९:४२:४९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology