शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशमा कोरोना संक्रमित बढ्दै

बागमती प्रदेशमा कोरोना संक्रमित बढ्दै

नागरिक पाटी

१३, चैत्र २०७७
  • 9.4K
    SHARES
  • बागमती प्रदेशमा कोरोना संक्रमित बढ्दै

    काठमाण्डौँ । बागमती प्रदेशका जिल्लामा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ । प्रदेशका जिल्लाहरूमा गरिएको आरटी–पीसीआर परीक्षणको क्रममा कोरोना सङ्क्रिमतको सङ्ख्या आइतबारयता बढेको छ । आइतबार प्रदेशभर ४४ जनामा कोरोना सङ्क्रमण भएकोमा सोमबार ९६ जनामा देखिएकोमा मङ्गलबार बढेर १०३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

    images
    images

    बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा। पुरुषोत्तमराज सेढाईंले पछिल्ला दिनमा भएको राजनीतिक सभा सम्मेलन, भेला र नागरिकले सुरक्षित व्यवहार नगर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको जानकारी दिए ।

    व्यवहार परिवर्तन चुनौतीपूर्ण बनेको भन्दै उनले पछिल्ला दिनमा नागरिकले मास्क लगाउन र भेला र भीडभाडमा दूरी कायम गर्नेतर्फ वास्ता गर्न छाडेकाले कोरोनाको जोखिम बढेको बताए । उनले कोरोना भाइरसको जोखिम र सङ्क्रमण नियन्त्रण गर्न प्रदेश सरकार तयारी अवस्थामा रहे पनि अनियन्त्रित भएमा सरकारको प्रयास अपर्याप्त हुन सक्ने भएकाले रोकथाम आवश्यक भएको बताए ।

    मन्त्रालयका अनुसार प्रदेशभरमा पीसीआर परीक्षण गर्दा गत शुक्रबार ५१, शनिबार ६२ जनामा कोरोना सङ्क्रमण भएको पाइएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १३, २०७७ शुक्रवार - ०८:१५:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology