काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १४१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ सय २२ पीसीआर गर्दा १४१ जनामा कोरोना पोजिटिभ देखिएको हो।
यस्तै सोमबार थप ८२ जनाले स्वास्थ्य लाभ गरेका छन्। यो सहित नेपालमा कोरोन संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको हो। निको हुने दर ९८.४ प्रतिशत हो।
मन्त्रालयका अनुसार सोमबारसम्म १३ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित छन्। ५६ जना क्वारेन्टाइन र १३ सय ४१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै सोमबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ।