काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ ।
कूल संक्रमितमध्ये २ लाख ७२ हजार ७२७ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ११५ संक्रमित निको भएका छन् । मंगलवार देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३९० रहेको मन्त्रालयले जनाएको छ । कोरोनाले थप ३ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ३ हजार ३० पुगेको मन्त्रालयले जनाएको छ ।