शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप १६२ जनामा कोरोना संक्रमण पुष्टि, ५९ संक्रमणमुक्त

नेपालमा थप १६२ जनामा कोरोना संक्रमण पुष्टि, ५९ संक्रमणमुक्त

नागरिक पाटी

१८, चैत्र २०७७
  • 7.7K
    SHARES
  • नेपालमा थप १६२ जनामा कोरोना संक्रमण पुष्टि, ५९ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड–१९ का १६२ संक्रमित थपिएका छन् । तीन हजार ९१९ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १६२ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ ।

    images
    images

    त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३० जनाले ज्यान गुमाइसकेका छन् ।हाल क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक ४९३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १८, २०७७ बुधवार - १७:००:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology