शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको शैक्षिक मेलामा उपासना आउने

ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको शैक्षिक मेलामा उपासना आउने

विष्णु ठकुरी

१९, चैत्र २०७७
  • 11.3K
    SHARES
  • ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको शैक्षिक मेलामा उपासना आउने

    लामो समयदेखी शिक्षा क्षेत्रमा आबद्द ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले शुक्रबार आफ्नो कार्यालयमा एक कार्यक्रमको आयोजना गर्ने भएको छ । यो कार्यक्रम उच्चशिक्षा हांसील गर्न अष्ट्रेलिया, यू के र क्यानडा जान चाहने बिध्यार्थीहरूको हितका लागि आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।

    images

    शैक्षिक मेला कर्नरको पुतली सडक शंकरदेब कलेजसंगै रहेको कार्यालयमा आयोजना गर्न लागिएको हो ।‘ उच्चशिक्षा पढ्न बिदेश जान चाहेता पनि सही जानकारी नपाएका कारण अलमलमा परिरहनु भएका बिध्यार्थीहरूको हितका लागि यो मेला आयोजना गरिएको हो ।‘ कर्नरका प्रमुख सुनिल उप्रेतीले जानकारी दिए ।

    उनका अनुसार मेलामा बिभिन्न कलेज र यूनिर्भसिटीका प्रतिनिधिका साथै शैक्षिक लोनका लागि बिभिन्न बैंकका प्रतिनिधि र आइ डि पी आरका प्रतिनिधिहरुबाट भरपूर जानकारी प्राप्त गर्न सकिने छ। मेलामा अफर लेटर र उच्चशिक्षा हांसिल गर्न बिदेश जान खोजे पनि दोधारमा परेका बिध्यार्थीहरूलाई भरपूर जानकारी उपलब्ध गराईने छ ।

    मेलामा ऐजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेसडर अभिनेत्री उपासनासिंह ठकुरीले मेलामा आएका बिध्यार्थीहरूसंग छलफल गर्ने छिन ।‘ यो मेला सांच्चै प्रभावकारी र उपलब्धिमूलक हुने छ ।  जानकारी गराईए अनुसार मेलामा सहृभागि हुन आउंने एक सय भित्र परेका विद्यार्थीहरूलाई बिभिन्न पुरस्कारको ब्यबस्था पनि गरिएको छ। मेला शुक्रबार बिहान १० बजेदेखी ५ बजेसम्म आयोजना हुने छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १९, २०७७ बिहिवार - १६:४०:३२ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology