शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा २४ घण्टामा थप ३३२ जनामा कोरोना सङ्क्रमण

नेपालमा २४ घण्टामा थप ३३२ जनामा कोरोना सङ्क्रमण

नागरिक पाटी

२६, चैत्र २०७७
  • 4.8K
    SHARES
  • नेपालमा २४ घण्टामा थप ३३२ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार ६ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images


    थपिएका तीन सय ३२ सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७९ हजार एक सय पुगेको छ । पछिल्लो २४ घण्टामा ७९ जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६ सय आठ पुगेको छ । मन्त्रालयका अनुसार अहिले देशभर दुई हजार चार सय ५४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


    पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण तीन हजार ३८ जनाले ज्यान गुमाएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २६, २०७७ बिहिवार - १८:५७:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology