शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२८, चैत्र २०७७
  • 7.3K
    SHARES
  • पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि

    धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौँमा ११६ जनामा कोरोना पुष्टि भएको छ।

    images


    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ। यस्चतै आज देशभरमा सक्रिय संक्रमितको संख्या २८ सय रहेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १५१ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म २ लाख ७३ हजार ८८६ जना कोरोना संक्रमित निको भएका छन्।

    यस्तै पछिल्लो २४ घण्टामा थप १ कोरोना संक्रमितको निधन भएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३९ पुगेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - १८:२३:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology