शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरीको पिडागाउँमा घर घरमा खानेपानी आए पछि खुशीयाली

गजुरीको पिडागाउँमा घर घरमा खानेपानी आए पछि खुशीयाली

नागरिक पाटी

३१, चैत्र २०७७
  • 7.3K
    SHARES
  • गजुरीको पिडागाउँमा घर घरमा खानेपानी आए पछि खुशीयाली

    गजुरी । पिडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गजुरी धादिङले खानेपानी योजनाको उद्घघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । उद्घघाटन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष दिनेश भण्डारी अध्यक्षता तथा संघिय सासंद भुमि प्रसाद त्रिपाठीको प्रमुख अतिथ्यता र गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको बिशेष आतिथ्यमा भएको हो ।

    images
    images

    172582429_943667789770539_6422661782479203488_n.jpg
    उद्घघाटन कार्यक्रममा स्थानीय उपभोक्ताहरुले घरघरमा धारा सहित खानेपानी व्यवस्थापन भए पछि खुशीयाली मनाएका थिए । मंगलबार सम्पन्न कार्यक्रममा गजुरी गापा वडा नं ५ का वडाध्यक्ष रामचन्द्र मिजार,वडा नं ६ का वडाध्यक्ष अर्जुन भुजेल प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल,गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति अध्यक्ष एवम् प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,ईन्जिनियर सन्तोष ढकाल ,पत्रकार नवराज छत्कुली,छिमेकी खानेपानी योजना समितिका अध्यक्षहरु,संचारकर्मीहरु लगायत स्थानीय उपभोक्ताहरुको उल्लेख्य सहभागीता रहेको थियोे ।

    अक्सफामको सहयोग प्रयास नेपाल धादिङले पुर्णिामा कार्यक्रम अन्तरगत संचालित योजनाबाट १ सय ५४ घर(घरमा धारा र गजुरी पीडा माध्यमिक बिद्यालय बालमैत्री धारा र २ वटा सामुदायिक हलमा गरि १ सय ५७ वटा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध भएको छ । प्रयास नेपाल धादिङको १ करोड ३ लाख २१ हजार ६ सय ५५ रुपैया गजुरी गाउँ पालिकाको १४ लाख ६५ हजार रुपैया र स्थानीय उपभोक्ताबाट जनश्रमदान ४८ लाख ७३ हजार १ सय १९ रुपैया समेत गरि १ करोड ६६ लाख ५९ हजार ७ सय ७४ रुपैयाँ खर्चमा योजना सम्पन्न गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो ।

    172542213_466962104639060_7762434780773594756_n.jpg
    कार्यक्रममा ४ सय जना बालबालिका अध्ययन गर्ने गजुरी पीडा माध्यमिक बिद्यालयमा खानेपानी असाध्यै समस्या रहेकोमा गाउँमा संचालन भएको खानेपानी योजनाको सहयोगमा बिद्यालयमा पनि बालमैत्री धारा निर्माणले खानेपानी आपुर्ति तथा सरसफाइ व्यवस्थापनमा समेत सहयोग भएको प्रधानाध्यापक राम कुमार श्रेष्ठले बताउनु भयो ।
    स्थानीय उपभोक्ता सीता पण्डितले पहिलो डोको बोकेर घण्टौसम्म पानीको लागि समय दिनु पर्ने थियोे भने अहिले गजुरी ५ को दोभाने,जोगिबिसौना छापगाउँ,भतेरचौर ,भिमसेन स्थान,कुर्ले चौर ,सिरमलडाँडाको सबै घरमा २४ सै घण्टा स्वच्छ पानीको व्यवस्थाले ज्यादै खुशी रहेको बताउनु भयो । पानी भर्न लामो समय बिताउनु पर्ने दोभाने,जोगिबिसौना लगायतको गाउँ बस्तीको घरघरमा धारामा पानी पाउँदा हामी महिलाहरुलाई सहयोग गर्ने पनि संस्था रहेछ भन्दै आफ्नो अतितका भोगाइ सुनाउनु भएको थियो ।

    173839159_2839131999693933_7854912438587839416_n.jpg
    घर घरमा खानेपानी पछि अब कुर्लेचौर,डाँडाटोल, पिडागाउँ,भिमसेन स्थान गाउँ पुर्ण सरसफाइमा अघि बढेको बताउँदै गजुरी पिडाको प्रत्येक घरमा भाँडा सुकाउने टाँड बनाईएको थालिएको , फोहोर व्यवस्थापनको लागि डस्विन राख्न शुरु गरिएको सरण मिजारले बताउनु भयो । पहिला खोलाको धमिलो पानी खानु परेकोमा अहिले घर घर स्वच्छ पानी आएकोमा बृद्धा, महिला तथा बालबालिकालाई धेरै सजिलो भएको पार्वती सुनारले बताउनु भयो ।
    कार्यक्रममालाई सम्बोधन प्रमुख अतिथि सांसद भुमि प्रसाद त्रिपाठी तथा गापा अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले गाउँपालिकाले सबै घरघरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य अनुसार प्रयास नेपाल धादिङसँग समन्वय तथा सहकार्यमा पिडागाउँमा खानेपानी योजना संचालन गरेको बताउनु भयो ।

    गजुरी वडा नं ५ को खानेपानी योजनामा गाउँपालिकाबाट पनि १४ लाख ६५ हजार रकम लगानी गरिएको बताउँदै गजुरी गाउँपालिका अध्यक्ष बस्नेतले घरघरमा नै धारा निर्माण भएपछि महिलाको कार्यबोझ समेत कम हुने भएकोमा खुशी व्यक्त गर्दै पुर्ण सरसफाइमा ध्यान दिन अनुरोध गर्दै नियमित सरसफाइ तथा दिगोपनमा बिशेष ध्यान पनि उपभोक्ता समितिको अनुरोध गर्नु भएको गजुरी वडा नं ५ पिडागाउँबाट प्रयास नेपाल धादिङका सिताराम चौधरीले जानकारी दिनु भयो । कार्यक्रममा खानेपानी निर्माण गर्न उल्लेख सहयोग गर्ने स्थानीय उपभोक्ताहरु,सहयोगी संस्था र संस्थाका कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियोे ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - २२:४६:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology