शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि, २२६ जना निको

नेपालमा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि, २२६ जना निको

नागरिक पाटी

४, बैशाख २०७८
  • 6.8K
    SHARES
  • नेपालमा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि, २२६ जना निको

    धादिङ । पछिल्लो २४ घण्टामा देशभर थप ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ४ जना (५ हजार ३३३ पीसीआर र ६७१ एन्टिजेन)को नमुना परीक्षण गर्दा ८४३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images


    यो नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ । जसमध्ये थप २२६ सहित २ लाख ७५ हजार ३८ जना निको भएका छन् ।


    यस्तै थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तीमध्ये २ जनाको गत २४ घण्टामा मृत्यु भएको हो भने ५ जनाको शनिबार मात्रै रिपोर्ट प्राप्त भएको हो । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ७५ जनाको मृत्यु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ४, २०७८ शनिवार - १८:४५:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology