शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

महानायक राजेश हमालको मुख्य भुमिका रहेको देशभक्ति गित सार्वजनिक

महानायक राजेश हमालको मुख्य भुमिका रहेको देशभक्ति गित सार्वजनिक

विष्णु ठकुरी

६, बैशाख २०७८
  • 9.6K
    SHARES
  • महानायक राजेश हमालको मुख्य भुमिका रहेको देशभक्ति गित सार्वजनिक

    धादिङ । टि.आर पंगेलीको शब्द एवम् नरहरी प्रेमीको संगितमा गायक रामकृष्ण ढकालको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो देश’ सार्वजनिक भएको छ ।म्युजिक नेपालको युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोलाई राज कुमारको निर्देशन एवम् राजकुमार दर्जीले कोरियोग्राफी गरेका हुन्।

    images


    राष्ट्रभक्तिको सद्भाव जगाउने यस गितमा महानायक राजेश हमालको मुख्य भुमिका रहेको छ भने गितमा नरहरी प्रेमी,नेपाली सेनाका क्यापटन डि।यन श्रेष्ठ विशेष भुमिकामा देखिनुको साथै बसन्तराज रिजाल,नवराज पौडेल,निना बुढाथोकी,जगदीश अधिकारी,लायल लम्साल,आदर्श बानियाँ लगाएत कलाकारको अभिनय संगै नेपाली सेनाहरु लाई पनि देख्न सकिन्छ। यसै गित मार्फत बाल कलाकार लायल लम्साल डेबियु गरेका छन्।


    सार्वजनिक गितको भिडियोलाई अजय रेग्मीले छायांकन एवम् राज कुमारले सम्पादन गरेका छन् । गीतमा कमल सौरागको एरेन्ज रहेको छ भने उक्त गीतलाई सन्तोष पौडेलले रेर्कडिङ तथा मिक्सीङ गरेका छन् भने भिडियोको निर्माण संयोजक समिर नेपालले गरेका हुन्।
    गितको भिडियोलाई अङ्ग्रेजी सब(टाईटल अनुवाद गरिएको छ।

    हेर्नुहोस् गितको पूरा भिडियो

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ६, २०७८ सोमवार - १९:४४:३१ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology