गजुरी । गजुरी गाउँपालिका वडा नम्वर ७ भालुखोपमा दुई दिने सामुदायिक विकास गोष्ठी सम्पन्न भएको छ । सामुदायिक विकासका लागि सामुदायिक समुहको संस्थागत क्षमता अभिवृद्दी गर्ने उद्देश्यले सामुदायिक गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा भस्मेखर्क भालुखोप सामुदायिक विकास समूहका ३८ जना सदस्यहरुको सहभागिता रहेको थियो ।
गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत, गजुरी ७ का वडा अध्यक्ष केशव अधिकारी, जुनतारा आधारभुत विद्यालयका प्रधानाध्यापक किशोर अधिकारीको आतिथ्यता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले समुदायको आर्थिक, सामाजिक विकासका साथै महिला बालबालिका पोषण स्वास्थ्य र सरसफाइमा सुधारका लागि समुहको प्रभावकारी परिचालनको आवश्यकता रहेको बताउनुभएको थियो । अध्यक्ष बस्नेतले समुदायको अवश्यकता समुह मार्फत अए वडा तथा गाउँपालिकाले आफ्नो योजनामा समावेश गरी सम्बोधन गर्ने प्रतिबद्दता समेत जनाउनुभएको थियो ।
सामाजिक लेखाजेखाबाट शुरूगरिएके कार्यक्रममा समुदायको सबल तथा राम्रो पक्षहरु, कमजोरी तथा सुधार गर्नुपर्ने पक्षहरु, सामुदायिक कोष तथा श्रोत र यसको महत्व, समुहको सकृय परिचालनका लागि आबश्यक सामाजिक ब्यवहारहरुका विषयमा शान्ती नेपालका परियोजना संयोजक लालप्रसाद पोख्रेल, कार्यक्रम निरिक्षक उद्दब चेपाङ,सामुदायिक स्वास्थ्य सहजकर्ता सन्ध्या श्रेष्ठले सहजिकरण गर्नुभएको थियो