शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा विवाह लगायतका कार्यमा १५ जना भन्दा बढि सहभागी हुन नपाईने

धादिङमा विवाह लगायतका कार्यमा १५ जना भन्दा बढि सहभागी हुन नपाईने

आशिष ठकुरी

१४, बैशाख २०७८
  • 19.1K
    SHARES
  • धादिङमा विवाह लगायतका कार्यमा १५ जना भन्दा बढि सहभागी हुन नपाईने

    धादिङ । धादिङमा विवाह लगायतका काममा १५ जना भन्दा बढि सहभागी हुन नपाईने भएको छ । जिल्ला कोभिड १९ सँकट व्यवस्थापन केन्द्र धादिङको बैठकले विवाह, न्वारन, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा साँस्कृतिक क्रियाकलाप १५ जना सम्मको उपस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि गर्न सकिने निर्णय गरेको हो ।

    images
    images

    यस्तै बैठकलेृ मास्क, सेनिटाईजर र सामाजिक दुरी प्रयोग भए नभएको सम्बन्धमा बजार, सार्वजनिक यातायात लगायतका क्षेत्रमा अनुगमन गर्ने लगायत जथाभावी हिँडडुल नगर्न, अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन सार्वजनिक अपिल गर्ने समेत निर्णय गरेको छ ।

    बैठकले कोभिड १९ सम्बन्धमा अहिले सम्म भएका निर्णयहरुको समिक्षा गर्नुका साथै जोखिम न्युनिकरणको लागि आगामी रणनिती पनि बनाएको छ ।

    हेर्नुस् बैठकको पुरा निर्णय..

    प्रस्तावहरू :
    १. कोभिड-१९ सम्बन्धमा हालसम्म भएका निर्णयहरूको समिक्षा ।
    २. कोभिड-१९ को जोखिम न्यूनीकरणको लागि आगामी रणनीति सम्बन्धमा ।

    निर्णय नं. १
    जिल्ला कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, धादिङको यसअघि विभिन्न मितिमा बसेका बैठकहरूबाट कोभिड-१९ को संक्रमण जोखिम न्यूनीकरण सम्बन्धमा भएका निर्णयहरूको कार्यान्वयन सन्तोषजनक रूपमा भईरहेको मूल्याङ्कन गरियो ।

    निर्णय नं. २
    विश्वभर फैलिदै गएको नयाँ भेरियन्ट सहितको कोभिड-१९ महामारीको संक्रमण नेपालमा पनि बढ्दै गएको सन्दर्भमा पछिल्लो समय धादिङ जिल्लामा पनि भयावह अवस्था नआओस् भनी समयमै सावधानी अपनाउन नेपाल सरकार, मन्त्रिपरिषदको मं.प.बै.सं. १।०७८, मिति २०७८।०१।०६ को बैठकको निर्णय तथा यस केन्द्रको मिति २०७८।०१।०७ गते बसेको बैठकको निर्णय प्रभावकारी कार्यान्वयन गर्नुका अतिरिक्त देहाय बमोजिम गर्ने :

    क. विवाह, न्वारन, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु बढिमा १५ जनासम्मको उपस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गर्न सक्ने ।

    ख. कोरोना संक्रमणको जोखिम फैलिन नदिन मास्क, स्यानिटाइजर र सामाजिक दूरीको प्रयोग भए नभएको सम्बन्धमा बजार, सार्वजनिक यातायात लगायतमा अनुगमन बढाउने ।

    ग. स्वास्थ्य कार्यालय र स्थानीय तहहरुले तत्काल स्वाब संकलनको दायरा बढाई कोरोना संक्रमण पहिचान तथा नियन्त्रण गर्न सक्रिय रहने । अक्सिजन लगायत स्वास्थ्य सामग्रीहरुको आवश्यक भण्डारण गरी प्रयोगमा ल्याउने व्यवस्था मिलाउने ।

    घ. नागरिकहरूको आवागमनलाई व्यवस्थित गर्न, जथाभावी हिँडडुल नगर्न, अत्यावश्यक बाहेक घरबाहिर ननिस्किन सार्वजनिक अपिल गर्ने ।

    ङ. जिल्लास्थित सवै राजनीतिक दलहरुले कोभिड-१९ को रोकथाम तथा उपचार सम्बन्धमा सचेतना अभिवृद्धिका कार्यहरु गर्ने तथा दलका सभा सम्मेलन, प्रशिक्षण कार्यक्रमहरु सञ्चालन नगर्ने ।

    च. सवै स्थानीय तहहरुले आ-आफ्नो स्थानीय तहमा जनचेतना अभिवृद्धिका कार्य गरी बाहिरबाट आउने ब्यक्तिहरुलाई कम्तिमा १० दिन क्वारेन्टीनमा राख्ने व्यवस्था मिलाउने साथै होम आइसोलेशनमा राखिने व्यक्तिहरुको निगरानी गर्ने व्यवस्था मिलाउने ।

    छ. जिल्लाभित्रका सञ्चार माध्यमहरु तथा नागरिक संघ सस्थाहरुले कोभिडको जोखिम न्यूनीकरणका लागि यथासक्य सचेतना मूलक जानकारी तथा सूचना प्रवाह गर्ने ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - १७:२२:०८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology