हेटौंडा । बागमती प्रदेश सरकारमा आज ३ जना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा रिक्त तीन मन्त्रालय र एक मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त तीन मन्त्रीहरू केशव पाण्डे, सरेश नेपाल र सरस्वती बस्नेतलाई बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले आजै शपथ खुवाएका छन् ।
यस्तै प्रदेशको सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएका डा. रामकुमार अधिकारीलाई मुख्यमन्त्री पौडेलले शपथ खुवाएका हुन् । उनीहरूको शपथ सँगै बागमती प्रदेश प्रमुख विष्णु प्रसाईले मन्त्रीहरूको कार्यविभाजन तोकेका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरस्वती बस्नेत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा सरेश नेपाल र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा केशव पाण्डेलाई जिम्मेवारी तोकिएको हो । यस्तै राज्यमन्त्रीमा सपथ लिएका डा. रामकुमार अधिकारीले सामाजिक विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।