धादिङ । धादिङका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको गल्छी गाउँपालिकाका २१ बर्षिया महिला,२८ बर्षिय पुरुष र स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेल सहित १० जना गरी थप १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लामा सक्रिय केश ११५ पुगेको छ ।
संक्रमित मध्ये ६६ जना जिल्ला भित्र र ४९ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् ।
यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने १ हजार ६७९ पुगेको छ । संक्रमणबाट जिल्लाका १७ जनाले ज्यान गुमाएका छन् । जिल्लामा संक्रमण मूक्त हुनेको सङ्ख्या १५२८ रहेको छ ।