शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइका प्रावधानसहित लम्बिने

काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइका प्रावधानसहित लम्बिने

नागरिक पाटी

२१, बैशाख २०७८
  • 10.5K
    SHARES
  • काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइका प्रावधानसहित लम्बिने

    काठमाण्डौ । काठमाण्डौ उपत्यकाको निषेधाज्ञा थप कडाइका प्रावधानसहित लम्बिने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञा भोलिदेखि सकिने भएकाले थप कडाइका प्रावधानसहित लम्ब्याउन लागिएको हो ।

    images
    images

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोरोना सङ्क्रमणको जोखिम अझै बढ्दै गएकाले अहिलेको भन्दा कडा प्रावधान सहित निषेधाज्ञा लम्ब्याउने तयारी भएको बताउनुभयो ।

    अब सरकारी कार्यालय तथा बैंक र वित्तीय कार्यालयहरु आधा क्षमतामा मात्रै चलाएर निश्चित सङ्ख्यामा मात्रै गाडी चलाउन दिने, अत्यावश्यक बाहेकका आवतजावत रोक्ने, नाकामा जाँचमा कडाइ गर्ने लगायतका तयारी भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - १३:११:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology