शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

मकवानपुरको हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु

मकवानपुरको हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु

नागरिक पाटी

२१, बैशाख २०७८
  • 6.6K
    SHARES
  • मकवानपुरको हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु

    मकवानपुर । मकवानपुरको हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले कोरोना संक्रमितहरुको उपचारका लागि संचालन गरेको कोभिड–१९ उपचारमा बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित अम्लेखगञ्जकी ५९ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको अस्पतालका इन्चार्ज डा. सागर काफ्लेले बताएका छन् ।

    images


    मृतक पुरुष मधुमेह र मृगौला सम्बन्धी रोगबाट पीडित रहेको र उपचारको लागि गत बैशाख १५ गते भर्ना भएको डा. काफ्लेले बताए । उनको १५ गते स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा १६ गते पुष्टि भएको र उपचारका कोभिड–१९ वार्डको एचडियु कक्षमा सारिएको डा. काफ्लेले बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - १६:३०:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology