धादिङ । नेपालमा कोरोनाबाट थप १ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ६८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ४ लाख २२ हजार ३ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १ हजार ६३४ पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४४४ जना संक्रमण मुक्त भएका छन् । यो संगै संक्रमण मुक्त हुनेको संख्या ३ लाख १६ हजार ४ सय ६३ पुगेको छ ।