शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा जेठ १५ सम्म निषेधाज्ञा थपियो

धादिङमा जेठ १५ सम्म निषेधाज्ञा थपियो

नागरिक पाटी

३०, बैशाख २०७८
  • 7.0K
    SHARES
  • धादिङमा जेठ १५ सम्म निषेधाज्ञा थपियो

    धादिङ । धादिङमा जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको छ । बिहिबार दिउँसो बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। बैशाख २१ बाट सुरु भएको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै छ । यसपटकको निषेधाज्ञालाई थप कडा बनाइने र उल्लंघन गर्नेलाई कानून बमोजिम कारवाहि गर्ने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो ।

    images
    images

    निषेधाज्ञामा खाद्यान्न, फलफुल तरकारी र दुग्द्यजन्य पदार्थ लगायतका अत्यावश्क सामाग्री बिक्रि गर्ने पसलहरु सकिने बिहान ६ बजे देखि ९ बजेसम्म मात्र खुल्नेछन् । टेक अवे सेवा दिन चाहने होटल तथा रेष्टुरेन्टहरुले सोको सुचना टाँस गरि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कात्र सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

    सर्वसाधारण अत्यावश्यक बाहेक घरबाहिर निस्किन नपाउने र मानिसको भिडभाड हुने सबै गतिविधिमा भने रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी बाहेक सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

    भिडभाड गरि विवाह, व्रतबन्ध तथा अन्य धार्मिक कार्य गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने बैडकको निर्णयमा उल्लेख गरिएको छ । बैंक तथा वित्तिय संस्थाहरुले सातामा २ दिनमात्रै सेवा दिन आग्रह गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - २१:३०:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology