धादिङ। नेपालमा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार ५४८ स्वाब नमुना परीक्षण गरिएकोमा आठ हजार १६७ को नतिजा पोजिटिभ आएको हो । १७ हजार ९७१ नमुनाको पीसीआर र ५७७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । योसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख ४७ हजार ७०४ पुगेको छ ।
कोरोनाका कारण थप १८७ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार हजार ८५६ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ४५५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या तीन लाख ३३ हजार १०८ पुगेको छ ।