धादिङ । धादिङका थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको नीलकण्ठका ४, धुनीबेशीका ११, गल्छीका २९, गजुरीका २, बेनिघाट रोराङका ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यस्तै ज्वालामुखीका २, त्रिपुरासुन्दरीका २, गंगाजमुनाका ४,नेत्रावतीका ३, थाक्रेका १, खनियाबासका १९, सिद्धलेकका ४, रुवीभ्यालीका १ र पालिका नखुलेका ८ जना गरी कुल ९६ जनामा संक्रमण पुष्टि भएको छ । आज जिल्ला भित्र ५६ र जिल्ला बाहिर ४० पोजिटिभ केश देखिएको छ।
यससँगै जिल्लामा सक्रिय केश एक हजार नौ पुगेको छ । संक्रमित मध्ये ७४२ जना जिल्ला भित्र र २६७ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने २ हजार ६८४ पुगेको छ ।
जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या १६५० पुगेको छ भने मृत्यु संख्या २५ पुगेको छ । आज निलकण्ठ नगरपालिकामा १२५ र धुनिबेसी नगरपालिकामा १३ गरेर आज जिल्ला भित्र १३८ स्वाब संकलन भएको छ ।