धादिङ । सङ्क्रमित मध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ७ हजार ९८९ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या तिन लाख ६० हजार ४०३ पुगेको छ।
त्यस्तै देशभर थप ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार देशभर २१ हजार १३९ जनाको पीसीआर गर्दा ८,०६४ र ७०८ जनाको एन्टिजेन गर्दा १०९ गरी कुल ८ हजार १७३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ४ लाख ८० हजार ५२७ पुगेको छ। कोरोना सङ्क्रमणमुक्त हुनेको दर ७५ प्रतिशत रहेको छ ।
नेपालमा सक्रिय संक्रमित १ लाख १४ हजार ३५८ रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट २४६ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ५ हजार ६५७ पुगेको छ ।