धादिङ । पछिल्लो २४ घण्टामा धादिङमा थप ४६६ जना कोरोना संक्रमण मुक्त भएका छन । यो सगैं संक्रमण मूक्त हुनेको सङ्ख्या २ हजार १५७ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ रहेको छ ।
त्यस्तै जिल्लामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको नीलकण्ठका ४, गल्छीका ४१, गजुरीका ४, बेनिघाट रोराङका ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै गंगाजमुनाका १०, थाक्रेका ३२, रुवीभ्यालीका १५ जना गरी कुल १५८ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै जिल्लामा सक्रिय केश ८६२ पुगेको छ । संक्रमित मध्ये ७१५ जना जिल्ला भित्र र १४७ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् ।
यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ३ हजार ५१ पुगेको छ । जिल्ला भित्र अस्पताल आइसोलेसनमा १९, संस्थागत आइसोलेसनमा बेनिघाटमा १०, गंगाजमुनामा १२, रुबिभ्यालिमा २, गजुरीमा ४, धुनिबेसिमा १, त्रिपुरासुन्दरीमा ४, गल्छीमा ७ र जिल्ला भित्र होम आइसोलेसनमा ६५६ रहेका छन्।