धादिङ । आज एकैदिन जिल्लाका ९३ संक्रमित संक्रमण मुक्त भएसँगै जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या २ हजार ३३७ पुगेको छ । जिल्लामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाको नीलकण्ठका १, धुनीबेशीका १, गल्छीका ११, गजुरीका ७, बेनिघाट रोराङका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै ज्वालामुखीका १, नेत्रावतीका ९, थाक्रेका १ र पालिका नखुलेका २ जना गरी कुल ३५ जनामा संक्रमण पुष्टि भएको छ । आज जिल्ला भित्र २९ र जिल्ला बाहिर ६ पोजिटिभ केश देखिएको छ।
यससँगै जिल्लामा सक्रिय केश ८५९ पुगेको छ । संक्रमित मध्ये ७२६ जना जिल्ला भित्र र १३३ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ३ हजार २३३ पुगेको छ ।
जिल्ला भित्र अस्पताल आइसोलेसनमा १५, संस्थागत आसोलेसनमा धुनिबेसिमा १, गल्छीमा ७, गजुरीमा ९, बेनिघाटमा ८, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालिमा २ जना र होम आइसोलेसन मा ६८१ रहेका छन्। जिल्ला बाहिर अस्पताल आइसोलेसनमा १४ र होम आइसोलेसनमा ११९ रहेका छन्।
पछिल्लो विवरण अनुसार संक्रमणका कारण गंगाजमुनामा १ जनाको मृत्यु भए संगै जिल्लाको मृत्यु संख्या ३७ पुगेको छ ।आज धादिङ्ग हस्पिटलमा ५३, थाक्रेमा ४३, सिद्धलेक मा ३४, गजुरीमा ४२ र धुनिबेसिमा ३ गरेर जिल्ला भित्र १७५ स्वाब संकलन भएको छ । यससँगै जिल्लामा ९४२ जनाको नतिजा आउन बाँकी रहेको छ ।
