काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । शनिबार बिहान बालुवाटर बोलाएर आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री ओलीले घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेखेका छन्,ुसम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । आज बिहान बालुवाटारमा भएको उक्त भेटमा उहाँले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट गर्नुभयो ।ु