शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा आज थप ८,८४८ जना कोरोना संक्रमणमुक्त, ८९८० जनामा संक्रमण पुष्टि

नेपालमा आज थप ८,८४८ जना कोरोना संक्रमणमुक्त, ८९८० जनामा संक्रमण पुष्टि

नागरिक पाटी

८, जेठ २०७८
  • 4.7K
    SHARES
  • नेपालमा आज थप ८,८४८ जना कोरोना संक्रमणमुक्त, ८९८० जनामा संक्रमण पुष्टि

    धादिङ । पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए ।

    images
    images

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ ।

    कहाँ कति थपिए संक्रमित ?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कैलालीमा ६६१, काभ्रेमा ५२५, सुर्खेतमा ३५३, झापामा ३४४, मोरङमा ३२५, रुपन्देहीमा २५५ तथा मकवानपुर १८७ जना संक्रमित थपिएका छन् ।

    यस्तै बाँकेमा १७९, धादिङमा १७३, कास्कीमा १६६, सिन्धुपाल्चोकमा १६५, बारामा १६२, सुनसरीमा १६०, चितवनमा १५५, कञ्चनपुरमा १४८, नुवाकोटमा १४२, सल्यानमा १४०, सप्तरीमा ११२, दाङमा १०९, पाल्पामा १०७, धनुषामा १०२ र सिन्धुलीमा १०१ जनामा संक्रमण देखिएको छ ।

    अछाममा ८६, गुल्मीमा ८४, रोल्पामा ८१, रामेछापमा ८३, नवलपरासी पश्चिममा ७८, पर्सामा ७७, दैलेखमा ७२, तनुहँमा ५९, गोरखामा ५६, संखुवासभामा ५५ तथा दार्चुलामा ५४, कपिलवस्तु र बर्दियामा ५२र५२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - १७:३७:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology